विराटनगर : विराटनगरमा अत्यधिक चिसो बढेपछि महानगरपालिका वडा १८ का ३०० ज्येष्ठ नागरिकलाई जाडो छल्न न्यानोका लागि फाइबरको सिरका वितरण गरेको छ ।

वडा कार्यालयद्वारा बुधवार आयोजित कार्यक्रममा वडामा बसोबास गर्ने ६८ वर्षभन्दा माथिका ३ सय ज्येष्ठ नागरिकलाई मेयर नागेश कोइराला, वडाध्यक्ष जितेन्द्र साहले सिरक वितरण गरेका हुन ।

उक्त अवसरमा मेयर नागेश कोइराला महानगरको दक्षिणी क्षेत्रको विकासमा महानगरपालिकाले ध्यान दिइरहेको बताए ।

वडा सदस्य महेश मण्डल, सूर्यादेवी यादव, वडा सचिव किरण सुवेदी, इलाका प्रहरी कार्यालय वरिष्ठ प्रहरी नायव निरीक्षक विजय बस्नेत लगायतको उपस्थिति थियो ।