वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले वडा नं. १ र २ का युवा युवतिहरूलाई लक्षित गरेर निःशुल्क जेनेरल कुक तालिम प्रदान गरेको छ ।

नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत युवा लक्षित कार्यक्रम अन्तरगत उक्त निःशुल्क कुल तालिम सञ्चालन गरिएको थियो । १ महिनासम्म सञ्चालन भएको तालिममा २० जना प्रशिक्षार्थीहरुले तालिममा सहभागी भएका थिए ।

नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख अरुण महेताका अनुसार वडा नं.१ र २ का युवा युवतिहरू तालिममा सहभागी भएका थिए । तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई बिहीबार नगर प्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवार, वडाध्यक्षद्वय किसन मगर र होम प्रसाद गौतम लगायतले प्रमाण-पत्र वितरण गरेका थिए ।

सीप सिकेर रोजगारी हुन चाहने तर आर्थिक अभावका कारण नसकेका  युवाहरू लागि प्राथमिकता दिएर कुक तालिम प्रदान गरिएको सामाजिक विकास शाखाका प्रमुख अरुण मेहताले बताए । सिप सिकेका युवाहरूलाई रोजगारीका लागि समेत पहल गरिने सामाजिक विकास शाखाका प्रमुख मेहताले बताए।

सिप सिकेका प्रशिक्षार्थीहरू सिपलाई व्यवसायीक बनाउन नगर प्रमुख रमेश कार्की आग्रह गरेका थिए ।