धरान : मारवाडी सेवा समिति धरानको अध्यक्षमा पितरुमल अग्रवालले ३४३ मत प्राप्त गरी विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी राजेश अग्रवालले २३८ मत प्राप्त गरे ।

निर्वाचन आयुक्त सुनिल अग्रवाल बन्टीका अनुसार कार्यसमिति सदस्यहरूमा सन्तोष अग्रवाल, उमेश कुमार अग्रवाल, ललित अग्रवाल, विजयकुमार अग्रवाल, प्रवीण रतेरिया, गिरीश अग्रवाल, जितेन्द्र चौरडिया, मुकेश अग्रवाल, सुनिल अग्रवाल, रामस्वरुप शर्मा, ललितकुमार अग्रवाल, रमेश अटल, जीवनकुमार अग्रवाल, पवनकुमार अग्रवाल विजयी भएका छन् ।

निर्वाचन अग्रसेन स्मृति भवनमा बिहीबार भएको थियो । निर्वाचनमा कुल ८८१ मतदाता रहेकोमा ६११ मत खसेका थियो । खसेको मत मध्ये अध्यक्षमा २७ मत बदर भएको थियो । सदस्यहरूका ८५ मत बदर भएको थियो । विधान अनुसार पदाधिकारीको चयन कार्यसमितिले गर्नेछ ।