धरान : इटहरीको किवानिस क्लबले भोजपुरको अरुण गाउँपालिका-१ याङपाङ स्थित कोशी प्राथमिक विद्यालयका ३६ जना बिधार्थीहरुलाई स्कुल पोसाक र शैक्षिक सामग्रीहरू प्रदान गरेको छ ।

क्लबका सबै सदस्यहरू इटहरीबाट भोजपुरको बिकट ठाउँमा पुगेर विद्यालयका प्रधानाध्यापक शिक्षक, अभिभावकको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो ।

बालबालिकाहरूलाई विद्यालय पोसाक, ट्र्याक शुट, घर बस्दा र स्कुल आउँदा लगाउने न्यानो कपडा जुत्ता, मोजा, टोपी र एक वर्षसम्म पुग्ने शैक्षिक एवं खेलकुदका सामग्रीहरू प्रदान गरिएको क्लबकी अध्यक्ष मनिता तामाङले बताइन् ।

वितरण गरिएको पोसाक लगायत सामाग्रीको कुल मूल्य १ लाख रुपया बराबर रहेको उनले बताइन् । क्लबले सुरु गरेको सहयोग अभियानमा अनिल सुब्बा, किट्स हाउस, सूर्य राई, बमसुन्दर लावतीले आर्थिक सहयोग गरेको उपाध्यक्ष श्रद्धा क्षेत्रीले बताइन् । डाँफे एजुकेशन र इक्यान पुर्वान्चलले संस्थागत सहयोग गरेको छ ।

भोजपुरमा डाँफे एजुकेशनका प्रमुख र इक्यानका पुर्वान्चल सचिव दुर्लभ कार्कीको उपस्थित रहेको थियो । प्रधानाध्यापक जीवन कार्कीले धन्यवाद दिए । क्लबमा अध्यक्ष मनिता तामाङ, उपाध्यक्ष श्रद्धा क्षेत्री, सदस्यहरू मेनुका थापा, सिर्जना राई, रमा सिटौला र दुर्लभ कार्की उपस्थित थिए ।