धरान : कोशी नाम खारेज आन्दोलन साझा मुद्दा भएकाले पहिचानलाई उत्कर्षमा पुर्‍याउने आन्दोलन एकजुट भएर एकाग्र भएर लाग्न नागरिक उन्मुक्ति पार्टी सचिवालय सहसंयोजक ज्ञानबहादुर गुरुङले आग्रह गरेका छन् ।

पार्टीको केन्द्रीय पुस २६ देखी २८ गते सम्म कैलालीको टिकापुरमा चलेको महाधिवेशनबाट प्रदेश १ बाट ३३ जना केन्द्रीय समिति पदाधिकारी, सदस्यहरूको सम्मान तथा बधाई कार्यक्रममा आइतबार उनले भने, ‘पहिचान सङ्घीयता र गणतन्त्र संस्थागत गर्ने आन्दोलनलाई पुनर्गठित गर्न जरुरी छ ।’

कार्यक्रममा पार्टी सहसचिव पदम अधिकारी, केन्द्रीय सचिव चन्द्र कुमार चौधरीले बधाई तथा शुभकामना व्यक्त गरे ।

महाधिवेशनबाट प्रदेश १ बाट सचिवालय सहसयोजक ज्ञान बहादुर गुरुङ, सचिवालय सहसयोजक अम्बर बहादुर पन्धाक, उपाध्यक्ष इन्द्रकुमारी लिम्बू, सचिवालय सदस्य त्रिनारायण राजवंशी, सहमहासचिब दिल कुमार लावती ,सह महासचिव पदम अधिकारी, सचीव चन्द्र कुमार चौधरी, केन्द्रीय सहसचिव अमर इजम निर्वाचित भएका छन् ।

यस्तै केन्द्रीय सदस्यहरू धन बहादुर पन्धाक, दुर्गादेवी लिम्बू, ईन्द्रजित राई, शरणहाङ जबेगु, रञ्जन सुब्बा,कृष्ण कुमार चौधरी , सत्यनारायण चौधरी, मन्जु कुमारी चौधरी, रमेश कुमार गजमेर, पुर्णकला लिम्बु, चन्दन कुमार चौधरी, नन्द याम्फु,योवाहाङ लिम्बु चयन भएका छन् ।

यसै गरी बिक्रम सुहाङ, अनग चौधरी, देव नारायण माझी, प्रशान्त चौधरी, बलराम खवास, प्रवेश पाण्डे ,तिलक बहादुर राई, नित्यानन्द चौधरी,चन्द्रकला चौधरी ,बिपना राई, लाल बहादुर चौधरी, कृत नारायण चौधरी केन्द्रीय सदस्य सहित ३३ जना छन् । कार्यक्रम प्रदेश १ अध्यक्ष धनबहादुर पन्धाकको अध्यक्षतामा सम्पन्न भएको हो ।