धरान : धरान-८ भोटेपुलमा हायसको ठक्करबाट मोटरसाइकल चालक धरान-१५ का ४६ वर्षीय शम्भु दर्जीको मृत्यु भएको छ ।

इटहरीबाट धरान आउँदै गरेको ना १ज ७१२१ नम्बरको हायस गाडीले बाटो क्रस गर्दै गरेको को ६ प ५६०३ नम्बरको मोटरसाइकल र को ३२ प ८६६१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा मोटरसाइकल चालक दर्जी गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारको लागी बिपी प्रतिष्ठान पुराए लगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटर चालक धरान-८ का ४४ वर्षीय सुरज गजमेर सामान्य घाइते भएका छन् । घटना मङ्गलवार हिजो दिउँसो २ बजे भएको हो ।

दुर्घटनामा संलग्न हायस गाडी र चालक सप्तरी सुरुङ्गा ८ का २८ वर्षीय तेज नारायण सदा इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।