धरान : सिरह गोलबजार-१ की २८ वर्षीय अनिता राई कटारी नगरपालिका-३ बसपार्कबाट ८ केजी गाँजा सहित हिजो दिउँसो पक्राउ परेकी छिन् ।

दमक-२ का २९ वर्षीय तागेन्द्र मगरलाई ५०० मिलिग्राम ब्राउनसुगर सहित बेलुका ८ बजे घरैबाट प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार अनितालाई इलाका प्रहरी कार्यालय कटारीको प्रहरी टोलीले पक्राउ गरेको हो ।

तागेन्द्रलाई अस्थायी प्रहरी पोस्ट फाल्गुनन्दको प्रहरी टोलीले पक्राउ गरेको हो । मगरलाई इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको छ ।