वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स्थित सखुवागाछीमा रहेको बिपी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा (ट्र्याक सुट) वितरण गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद गुरागाईँ (गोकुल) का अनुसार बुधवार एक औपचारिक कार्यक्रम गरी वालशिक्षा देखि कक्षा-५ सम्मका सम्पूर्ण विद्यार्थीहरूलाई एक सेट न्यानो कपडाको रूपमा ट्र्याक सुट वितरण गरिएको हो । विद्यार्थीहरूका लागि न्यानो कपडा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपनिरीक्षक  बिपिन रेग्मीले उपलब्ध गराउनु भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवदत्त राईको सभाध्यक्षतामा आयोजना भएको उक्त न्यानो कपडा वितरण कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपनिरीक्षक बिपिन रेग्मी, सशस्त्र प्रहरी वल वराह वाहिनि पकलीका ४ नम्बर गणका प्रमुख लोकेश लिम्बू,राष्ट्रिय अनुसन्धान सुनसरीका प्रमुख  तिलक प्रसाईंज्यु, वडा नं २ का अध्यक्ष श्री होमप्रसाद गौतम,  इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक राम तिमिल्सिना लगायतको आतिथ्यता रहेको थियो ।

नेपाल शिक्षक सङ्घ वराहक्षेत्रका अध्यक्ष समेत रहेका बिपी आधारभूत विद्यालय प्रधानाध्यापक गुरागाईँका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपनिरीक्षक बिपिन रेग्मीबाटै उपलब्ध न्यानो कपडा वडा नं १ का केही विद्यालयहरूमा बाट्ने कार्यक्रम रहेको छ ।

nyano kapda bitaran 1