धरान : झापाको भद्रपुर-५ नेपाल-भारत सिमाना स्थित मेचीपुलबाट लागुऔषध ब्राउनसुगर सहित भद्रपुर-९ का ३३ वर्षीय नरेश राजवंशी पक्राउ परेका छन् ।

अस्थायी प्रहरी पोस्ट मेचीपुलको प्रहरी टोलीले बिहीबार दिउँसो ११ बजे ७३० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

भारतबाट नेपाल साइकलमा आउँदै गरेका राजवंशीलाई लागुऔषध चेकजाँच गर्दा उक्त परिमाणको ब्राउनसुगर बरामद भएको हो । पक्राउ परेका उनको वडा प्रहरी कार्यालय भद्रपुरबाट थप अनुसन्धान भइरहेको छ ।