धरान : भारतको ७५औँ गणतन्त्र दिवस आज शुक्रवार धरानमा पनि मनाइएको छ । यहाँ स्थित भारतीय राजदूतावासको पेन्सन वितरण कार्यालयमा गणतन्त्र दिवस मनाइएको हो ।

भारतीय गणतन्त्र दिवस २६ जनवरीको अवसरमा पेन्सन कार्यालय परिसरमा आयोजित कार्यक्रममा कार्यालयका प्रभारी अधिकारी मेजर भरत कनोजियाल भारतको राष्ट्रिय ध्वज झन्डोत्तोलन र सहिद स्मारकमा माल्यार्पण गरे ।

गणतन्त्र दिवसको अवसरमा भारतीय सैनिक सेवामा वीर नारी तथा वीर पदक धारकहरू १० जनालाई व्ल्यांकेट तथा दोसल्ला ओढाएर सम्मान गरेको छ । 

दिव्यांजन भूपूहरू तथा तिनका आश्रित परिवारहरूलाई हिँडडुल गर्न सहजताका लागि ५ जना भूपूहरूलाई व्हिल चेयर तथा १ जना भूपूलाई वाकिङ्ग स्टिक प्रदान गरेको छ ।

भारतीय राजदूतावास, डिफेन्स विङस्, काठमाण्डौबाट नेपालस्थित भारतीय भूपू सैनिकहरूको लागि हरेक वर्ष छापिने पत्रिका भूपू २०२३ को संस्करणको लोकार्पण पनि गरियो ।

धरान स्थित दिल्ली पब्लिक स्कुलका विद्यार्थीहरूले मनोरञ्जनात्मक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए । सुश्री नितु थापा मगरले गायन प्रस्तुत गरिन् ।

भूपूहरू तथा आमन्त्रित अतिथिहरू बिच रस्साकस्सी र सुई धागो प्रतियोगिता भएको थियो । रस्साकस्सीमा भूपू समिति हासपोसा तरहरा विजयी भएको छ । भूपू समिति धरान उपबिजाते रहे ।

बालबालिकाहरूको मनोरञ्जनात्मक खेल जलेबी रेस प्रतियोगिता पनि गरियो । मनोरञ्जनात्मक प्रस्तुतिका विद्यार्थीहरू तथा खेलकुदमा विजेताहरूलाई पुरस्कार प्रदान गरियो ।

embassy of india 3

embassy of india 2