धरान : प्रहरीले विराटनगर र दमकबाट शनिवार २ जनालाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पक्राउ पर्नेमा विराटनगर-१२ का २३ वर्षीय शौरभ सोनी र झापाको दमक-९ का २६ वर्षीय पासाङ तामाङ छन् ।

प्रहरी अनुसार शनिवार बेलुका साढे ४ बजे विराटनगर-१५ एक नम्बर ढाटबाट लागुऔषध ब्युरो विराटनगरको प्रहरी टोलीले सोनीलाई लागुऔषध ब्राउनसुगर ० दशमलव ५७ ग्राम सहित पक्राउ गरिएको हो ।

यसैगरी शनिवार राती ८ बजे दमक-८ सब्जी लाइनबाट इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले तामाङलाई लागुऔषध ब्राउनसुगर २ ग्राम सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।