धरान : धरान जेसीज प्रथम महिला समूहले धरान-४ दुर्गम क्षेत्रमा सञ्चालित कन्या आधारभूत विद्यालयका बालबालिकालाई जाडोमा लाउने न्यायो कपडा, जुत्ता, शैक्षिक सामाग्री प्रदान गरेको छ ।

जेसीजका प्रथम महिलाहरूको समूहले वार्षिक रूपमा बालबालिकाहरू लक्षित कार्यक्रम गर्दै आएको छ। त्यसै क्रममा सोमवार एक कार्यक्रम बिच कन्या आधारभूत विद्यालयका विद्यार्थीहरूलाई उक्त सामाग्री वितरण गरिएको हो ।

उपमहानगरपालिका भएपनि धरान-४ स्थित उक्त विद्यालय दुर्गम पहाडी क्षेत्रमा सञ्चालित छ । आधारभूत कक्षामा २७ जना विद्यार्थीहरू पठनपाठन गर्दछन् । चिसोको मौसममा उहिरुलाई न्यानो स्कुल पोशाक वितरण गरिएको समूहकी संयोजक कोपिला श्रेष्ठले बताइन् ।

उनीहरूलाई जुत्ता, मोजा, टोपी, कपी, पेन्सिल, डटपेन र खाना समेत खुवाइएको थियो । समूह धरान जेसीजका पूर्व अध्यक्षहरूका श्रीमतीहरूको संस्थागत समूह भएको सचिव बिनुता सापकोटाले बताइन् ।

कार्यक्रममा रेवा श्रेष्ठ, उर्मिला श्रेष्ठ, सङ्गीता श्रेष्ठ, गीता गौतम, ऋचा अर्याल, रोजिना अधिकारी एवम् धरान जुनियर जेसीजकी अध्यक्ष प्रेमिका निरौला सहभागी थिए। समूहले १० दिन अघि धरान-२०, सानो खैरेनी स्थित सूर्य उदय प्राविका बालबालिकालाई स्विटर लगायतका सामाग्री प्रदान गरेको थियो ।

JCI women welfere