इटहरी : सञ्चारकर्मी पत्रकारहरूको बिच पेशागत, पारिवारिक तथा सरोकारवालाहरूबिच सद्भाव बढाउन नेपाल प्रेस युनियन सुनसरीले आज बुधवार मित्र मिलन वनभोजले इटहरीको तालतलैयालाई तरङ्गित बनायो ।

प्रेस चौतारी, प्रेस सेन्टर, फोनिज लगायत पत्रकारजन्य सङ्गठनका सञ्चारकर्मीहरू, स्थानिय तहका जनप्रतिनिधिहरू, व्यवसायीहरू, पत्रकारका पारिवारिक सदस्यहरूको सहभागिताले वनभोज रमाइलो जमघटको रूपमा सम्पन्न भएको छ ।

प्रेस युनियन सुनसरीका सभापति ध्रुव ढकालका अनुसार सञ्चारकर्मी पत्रकार, पारिवारिक तथा सरोकारवालाहरू बिच सद्भाव बढाउन गर्न वनभोज कार्यक्रमको आयोजना गरिएको बताए ।

वनभोजमा म्युजिकल चियर प्रतियोगिता, दोहोरी गायन, सामूहिक नृत्यले थप रमाइलो बनाएको थियो । लामो समय देखी भेट नभएका मित्रहरुसंगको भेटघाट, पेशागत समस्याका व्यक्तिगत, समूहगत कुराकानी जमघटका महत्त्वपूर्ण पक्ष रह्यो ।

पछिल्लो समय प्रिन्ट मिडियासँगै नेपाली पत्रकारिता सङ्कटको अवस्थामा पुगेको अनुभव गर्न थालिएको बेला पत्रकारहरूको जमघटले उनीहरू परिस्थितिसँग सहज रूपमा सामना गरिरहेको आभास हुन्थ्यो ।

नयाँ परिस्थितिमा एकातिर मूलधारको मिडियामा काम गर्ने श्रमजीवी पत्रकारहरू बेरोजगार बन्दै छन्, अर्कोतिर सामाजिक सञ्जाल युट्युबबाट रोजगार बन्नेहरूको सङ्ख्या बढेको छ ।

सञ्चारकर्मी पत्रकारहरूको द्विविधापूर्ण अवस्थाका बारे नेपाल पत्रकार महासङ्घ, राजनीतिक दल निकट पत्रकारजन्य सङ्गठनहरूमा बहस जारी छ ।

सञ्चारको क्षेत्रमा आएको परिवर्तनले पत्रकारितामा पारेको प्रभावसँग सामना निराशा, पलायनबाट हुन्न । सञ्चारकर्मी, पत्रकार बिचको सद्भावपूर्ण छलफल, बहसले कालान्तरमा मार्गचित्र निकाल्न सक्छ ।

त्यसको लागि पत्रकार सञ्चारजन्य सङ्गठनहरूको भेला, जमघट र त्यसमा छलफलहरूलाई अघि बढाउन जरुरी भैसकेको छ । सहभागिता मूलक र सहज छलफलका लागि गम्भीर सैद्धान्तिक बहस मात्र होइन वनभोज तथा रमाइलो जमघट पनि आवश्यक हुन्छ ।

प्रेस युनियन र यसअघि प्रेस चौतारीले आयोजना गरेको वनभोज कार्यक्रमले यसको सुरुआत गरेको छ । यसलाई विषयवस्तु केन्द्रित बनाउन सके नेपाली पत्रकारिता आएको सङ्कटको सामना गर्ने उपाय खोज्न सक्दैन भन्न सकिन्न ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजीव ढुङ्गाना, लक्ष्मी खतिवडा, इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, धरानका पूर्व मेयर तिलक राई, काँग्रेस नेता एन्फा कोसी प्रदेश अध्यक्ष किशोर राई पनि सहभागी थिए ।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य इकवाल अहमद, अमर खड्का, भीषण राई, कोसी प्रदेशका कार्यवाहक अध्यक्ष लवदेव ढुङ्गाना, नेपाल प्रेस युनियनका कोसी प्रदेश अध्यक्ष मीनकुमार नवोदित, नेपाल प्रेस युनियन मोरङका अध्यक्ष वेदराज पौडेल, नेपाल पत्रकार महासङ्घ कोसी प्रदेश सचिव देवेन्द्र कार्की लगायतका अतिथिहरू सहभागी थिए ।

Press union Picnic (2)Press union Picnic (3)Press unionPress union Picnic (4)Press union Picnic (5)Press union Picnic (6)Press union Picnic (7)Press union Picnic (8)Press union Picnic (9)Press union Picnic (10)