धरान : मोरङको रङ्गेली-७ काली मन्दिर चोकबाट हिजो बिहान ११ बजे प्रहरीले २ केजी बडी चाँदीका सामान सहित भारतीय नागरिक २२ वर्षीय मोहमद अलताफलाई पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरीले जनाए अनुसार अवैध रूपमा चाँदीका समान ओसार पसार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रङगेलीको प्रहरी टोलीले निगरानीको क्रममा अलताफलाई पक्राउ गरेको हो ।

भारतको अररिया आमगाछी पञ्चायत-१३ का अलताफबाट प्रहरीले चाँदीको पाउजु ६९ जोडी, चाँदीको लोटा २५ थान, चाँदीको कलस ६ थान गरी जम्मा २ केजी ५४८ ग्राम चाँदी बरामद गरेको हो ।

अवैध रूपमा लुकाई छिपाई बोकेको चाँदीका समान सहित पक्राउ परेका उनको बारेमा इलाका प्रहरी रंगेलीले थप अनुसन्धान गरिरहेको छ ।