धनकुटा : मोटरसाइकलमा यात्रा गर्ने क्रममा सडक छेउको रुख अचानक भाँचिएर लाग्दा धनकुटा नगरपालिका-१ की ३० वर्षीय उषा तामाङको मृत्यु भएको छ ।

चैत्र १ गते प्रदेश १-०२-०४९ प ६०४० नम्बरको मोटरसाइकलमा श्रीमान्सँग धनकुटाबाट हिले तर्फ जाने क्रममा धनकुटा नगरपालिका-४ सल्लेरीमा सडक छेउमा रहेको रुख अचानक भाँचिएर मोटरसाइकलको पछाडि सवार रहेकी तामाङलाई लाग्दा घाइते भएकी थिइन ।

घाइतेलाई उपचारको लागी जिल्ला अस्पताल धनकुटा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।