धरान : भोजपुरको हतुवागढी-७ पिप्लेमा शनिवार भएको आगलागीमा परी ३ जना बालबालिकाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

घरमा कोही नभएको अवस्थामा हिजो साँझ पौने ७ बजे अचानक गाईगोठमा आगलागी हुँदा खेल्दै गरेका एक घरको दाजुभाइका ३ जना बालबालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरूमा सोही स्थानका केदार कार्कीको ५ वर्षीय छोरा प्रनिष कार्की, रमेश कार्कीको ७ वर्षीय छोरी दिप्सिका कार्की र दिप्सिकाकै भाइ ३ वर्षीय दिउनिस कार्की रहेका छन् ।

आगलागीको घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।