वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले वडा कार्यालयमा कार्यरत कर्मचारीहरूलाई जन्म, मृत्यु, बसाइसराइ,सम्बन्ध विच्छेद लगायत व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता सम्बन्धित अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

प्रविधिमा भएको विकाश, सिस्टम, सामाजिक सुरक्षा भत्ता, पञ्जिकरण लगायतको विषयमा सहजिकरण गरिएको वराहक्षेत्र नगरपालिकाका लेख अधिकृत वीरेन्द्र यादवले जानकारी दिए ।

अभिमुखीकरणमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग राजीव राईले सहजिकरण गरेका थिए । अभिमुखीकरणमा वडा कार्यालयका वडा सचिव, पञ्जिकरण विभागमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

barachetra karmachari abhimukhikaran news 2