धरान : नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलको केन्द्रीय कार्यालय भवन बनाउन सहयोग स्वरूप युवा नेता प्रेमकुमार मुकारुङ राईले २ लाख रुपैयाँ दिएका छन् ।

तरुण दलको आफ्नै कार्यालय भवन नभएकोले भवन बनाउने अभियान भएसँगै राईले उक्त रकम सहयोग गरेका हुन । धरानमा बसेर नेपाली काँग्रेसको राजनीति गरिरहेका राई नेपाल तरुण दलका केन्द्रीय सदस्य समेत हुन् ।

तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले केन्द्रीय समितिले कार्यालय भवन निर्माण गर्नै निर्णय गरेपछि भवन बनाउन उत्साहित तरुणहरूले सहयोग गर्न थालेको बताए ।

गुरुङले भने-‘निर्णयपछि तरुणहरू उत्साहित भएको छ र सहयोग पनि जुट्न थालेको छ ।’ आफूले अध्यक्ष गुरुङको अभियानलाई साथ दिएको बताउँदै राईले भने–‘तरुण दलले आफ्नै पहलमा भवन बनाउने निर्णय गरेकोले निर्णय कार्यान्वयनमा सहयोग गरेको हुँ ।’

धरान बसेर युवा राजनीति गरिरहेका राई  नेपाल तरुण दलको केन्द्रीय अध्यक्षको तयारीमा रहेका छन् । सामाजिक क्षेत्रमा पनि सक्रिय राईकै पहलमा वीर गोर्खालीहरूको बारेमा कलम चलाउने पत्रकारहरुकोलागि वीर गोर्खा पत्रकारिता पुरस्कार र वीर गोर्खा नवप्रतिभा पत्रकारिता पुरस्कार गरी दुई पुरस्कार स्थापना गरिएको छ । 

२०७९ को निर्वाचनमा काँग्रेस १३ मतले पछाडि हुँदा पनि कार्यपालिका निर्वाचनमा सहभागी भएका राई त्यस बेला एक मतले मात्र पराजित भएका थिए । राईलाई नेपाली काँग्रेसबाट राजनीति सँगै सामाजिक कार्यमा पनि सक्रिय छन् ।