इटहरी : कोसी प्रदेशका मुख्यन्यायाधिवक्ता रुपेश कोइराला बर्खास्त भएका छन् । कोसी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले कोइरालालाई बर्खास्त गरेका हुन् ।

यहीँ वैशाख २६ गते मुख्यमन्त्री नियुक्त भएका हिक्मत कुमार कार्कीले कोइरालालाई बर्खास्त गर्ने निर्णय गरेका छन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका उनले पूर्व मुख्यमन्त्री केदार कार्कीले नियुक्त गरेका मुख्य महान्यायाधिवक्ता बर्खास्त गरेका हुन् ।

२६ चैतमा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि विकसित भएको घटनाक्रममा कोइराला विवादित बने । संविधानमा नभएका धारा उल्लेख गरेर राय दिएको देखि संसद्को अधिकार हनन गरेको सम्म उनी माथि आरोप छ ।