धरान : स्लोभाकिायाका प्रधानमन्त्री रोबर्ट फिकोलाई बुधवार साँझ गोली प्रहार गरिएको छ । गोली लागेर गम्भीर घाइते भएका प्रधानमन्त्रीको गम्भीर अवस्थामा उपचार भइरहेको छ । बिबिसीको समाचार अनुसार उनी जीवन मृत्युको दोसाँधमा छन् ।

प्रधानमन्त्री रोबर्टलाई स्लोभाकियाको ब्रातिस्तान नामक सानो सहरी क्षेत्रमा गोली प्रहार गरिएको हो । कथित हमलावरलार्य प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ । तर औपचारिक रूपमा उसको बारेमा प्रशासनले केही बताएको छैन ।

राजधानी ब्रातास्लावाबाट १८० किमी दुरी स्थित हेङलोवामा स्थानिय समय अनुसार अढाई बजे प्रधानमन्त्री माथि गोली प्रहार भएको बिबिसीले जनाएको छ । 

प्रधानमन्त्री एक सांस्कृतिक सामुदायिक केन्द्रमा भएको बैठकबाट बाहिरिँदै त्यहाँ उपस्थितहरूको अभिवादन ग्रहण गरिरहेको बेला गोली प्रहार भएको हो ।

उक्त हमलाको भिडियो फुटेजमा एक व्यक्तिले बन्दुक निकालेर सिधै प्रधानमन्त्री राबर्टलाई ५ गोली प्रहार गरेको देखिन्छ । तत्कालै प्रधानमन्त्रीको सुरक्षाकर्मीहरूले उनलाई सुरक्षा घेरामा लिएर गाडीमा लगेको देखिन्छ ।

गृहमन्त्री मैटस सुतजले घट्नाका बारेमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीलाई पेटमा गोली प्रहार गरिएको छ । अस्पतालमा उनको राम्रो उपचार भइरहेको बताउँदै गृहमन्त्रीले भने, ‘मलाई लाग्छ उहाँ बाँच्नु हुन्छ, उहाँको जीवन खतरामा छैन ।’

बिबिसीको समाचार अनुसार केही मिडियाको अपुष्ट समाचारमा हमलावर एक ७१ वर्षीय लेखक एवं राजनीतिक कार्यकर्ता भएको उल्लेख गरिएको छ । अधिकारीक पुष्टि नभए तापनि स्लोभाकियाको मिडियाहरू व्यापक रूपमा प्रसारित भिडियो फुटेजमा सन्दिग्ध हमलावर भनी उसको तस्बिर देखाइएको छ ।