विराटनगर : विद्यालयलाई प्रत्यक्ष, अप्रत्यक्ष सहयोग पुर्याउनेहरुलाई विराटनगर-५ स्थित सिद्धकाली आधारभूत विद्यालयले वार्षिकोत्सव अवसरमा सम्मान गरेको छ ।

३५औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उनीहरूलाई सम्मान पत्र प्रदान गरे ।

सम्मानित हुनेमा समाजसेवी केदार कार्की, शिक्षासेवी युवा रुपेश खतिवडा, समाजसेवी मनमोहन श्रेष्ठ, वडा सदस्य अन्जु दाहाल, उद्धव कोइराला, पुष्प कटवाल, राजेश गिरी, अमित अग्रवाल र पूर्व प्रधानाध्यापक देवनारायण मण्डल छन् ।

सो अवसरमा मेयर कोइरालाले सामुदायिक विद्यालयहरूको गुणस्तर वृद्धिमा महानगरपालिका लागिपरेको बताउँदै महानगरपालिकाले सबै सामुदायिक विद्यालयका सबै कक्षा कोठामा पङ्खा जडान गरिने बताए ।

सीमान्तकृत वर्गका बालबालिका पढ्ने उक्त विद्यालयमा हाल १५० विद्यार्थी रहेको प्रधानाध्यापक राजेन्द्रकुमार थापाले बताए । वार्षिकोत्सव कार्यक्रमको  सभापतित्व व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र यादवले गरेका थिए ।