धरान : प्रेस सेन्टर सुनसरीले पत्रकार एवं साहित्यकार स्वर्गीय कृष्ण सेन इच्छुकलाई सम्झिएको छ । उनको २२ औ स्मृति दिवसमा आइतबार अन्तरक्रिया आयोजना गरी सेन्टरले उनलाई सम्झिएको हो ।

इनरुवामा भएको अन्तरक्रियामा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका सुनसरी इन्चार्ज निर्मल बराल, प्रेस सेन्टर केन्द्रीय सदस्य जयकृष्ण यादव, केन्द्रीय उपमहासचिव राजन केडीले इच्छुकको जीवनीमा प्रकाश परे ।

कार्यक्रममा पत्रकार महासङ्घ, नेपाली काँग्रेस, नेकपा एमालेका अगुवा नेताहरू सहभागी थिए । मिडियामा समावेशी समाज ,दलित र न्यून वर्गको आवाज समेट्न नसकेको विषयमा चर्चा गरेका थिए ।