धरान : स्वर्णिम कप फुटसल प्रतियोगिताको सोमवार सम्पन्न फाइनल खेलमा यति फुटसल क्लबले डर्वि फुटसल क्लबलाई टाईब्रेकरमा २-१ गोलले पराजित गर्दै उपाधि चुमेको छ ।

प्रतियोगिता धरान उपमहानगरपालिकाको संयोजनमा स्वर्णिम क्लबले आयोजना गरेको हो । आइतबार र सोमवार भएको स्वर्णिम वि क्याटोगोरी सेभेन ए साइड इन्डोर फुटसल प्रतियोगिताको उपाधि यतिले चुमेको हो ।

फाइनल खेलमा निर्धारित समयमा दुवै तर्फ २-२ ले बराबर भएपछि खेल टाइब्रेकरमा गएको थियो । टाईब्रेकरमा यतिका दीपेन्द्र बस्नेत र प्रज्वल खनालले गोल गरे भने शैलेन्द्र नेपालको प्रहार किपरले रोके ।

डर्विका अनिस चाम्लिङले गोल गरेका थिए भने रुपेश मगर र क्रिष्टोफरले गुरुङको गोल किपर प्रवेश मोतmानले रोकेका थिए । यसअघि फाइनल खेलको निर्धारित समयमा यतिका शैलेन्द्र र डव्रिका क्रिष्टोफरले आफ्नो टिमका लागि दुई दुई बराबरी गोल गरेका थिए ।

विजेता यतिले उपाधि सँगै नगद ७० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेता डर्विले नगद ३५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । फाइनल खेलको म्यान अफ द म्याच डर्विका क्रिष्टोफर गुरुङ घोषित भए । उनले नगद १ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताभर ७ गोल गरेका यतिका शैलेन्द्र नेपाल हाइ स्कोरर घोषित भए । उनले नगद २ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । उत्कृष्ट गोलकिपर यतिका प्रवेश मोतmान घोषित भए । उनले नगद २ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताका उत्कृष्ट खेलाडी डर्विका निकेन राई घोषित भए । उनले नगद २ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।

विजेता तथा उपविजेता टिमलाई प्रमुख अतिथि धरान उपमहानगरपालिका उपमेयर अइन्द्रविक्रम वेघा, स्वर्णिम क्लबका अध्यक्ष विवेक राई, धरान १० का वडा सदस्य कृष्ण राई, सरोज राई, पूर्व राष्ट्रिय खेलाडी मिलन श्रेष्ठ, गोधूलि क्लबका उपाध्यक्ष सतिस केसीले ट्रफि पुरस्कार प्रदान गरे ।

प्रतियोगिता धरान-१६ स्थित विवि फुटसल ग्राउन्डमा भएको हो । प्रतियोगितामा धरान, दमक, विराटनगर, तरहरा सहितका २४ टिम सहभागी थियो ।