धरान : धरानमा १७औँ गणतन्त्र दिवस मङ्गलवार साँझ भानुचौकमा दीप प्रज्वलन गर्दै मनाइएको छ ।

दीप प्रज्वलन कार्यक्रम अखिल क्रान्तिकारी विद्यार्थी र वाईसियल धरान नगर कमिटीले आयोजना गरेको हो । उक्त अवसरमा कोणसभा पनि गरिएको थियो ।

सभामा धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्रब्रिकम बेघाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कसैको आर्शिवादबाट नआएको बताउँदै नेपाली जनताको त्याग र बलिदानबाट आएको बताए ।

महिला आदिवासी जनजाति, दलित, मुस्लिम र उत्पीडित जनताको बलिदानी आन्दोलनबाट गणतन्त्रात्मक देश नेपाल स्थापना भएको उनको भनाई थियो ।

माओवादी धरान अध्यक्ष मनोज भट्टराई, इन्चार्ज चोत्लुङ, जिल्ला सदस्य सुदर्शन श्रेष्ठ लगायतले दीप प्रज्वलन गरेको थिए । वाईसियल धरान अध्यक्ष दीपक घिसिङको सभापतित्वमा कोणसभा भएको हो ।

bhanuchok-Deep-123