इटहरी : केही दिन यता गर्मी अत्यधिक बढेपछि इटहरी उपमहानगरपालिकाले शिक्षण संस्थाहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । गर्मीले जनजीवन नै अस्तव्यस्त हुन थालेपछि बिदा दिएको हो ।

बढ्दो गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै इटहरी उपमहानगरपालिकाले भोली र पर्सी सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

अत्यधिक गर्मीले यस क्षेत्रको जनजीवन कष्टकर बनेको भन्दै बिदा दिएको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । बालबालिकाहरू समस्यामा परेको कारण बिदा दिएको प्रमुख पौडेलले बताए ।

garmi bida