इटहरी : नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ सुनसरी क्षेत्र नम्बर २ को अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न प्रथम अधिवेशनबाट तेजनारायण चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

नेपाली काँग्रेस सम्बन्ध आदिवासी जनजाति महासङ्घ तदर्थ समितिका अध्यक्ष समेत रहेका चौधरीको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति चयन भएको छ । सर्वसम्मत निर्वाचित कार्यसमितिको उपाध्यक्षमा परमेश राई र ललिताकुमारी चौधरी चयन भएका छन् ।

सचिवको जिम्मेवारी सरोज श्रेष्ठ र सङ्गीत कुमारी चौधरीले पाएका छन् भने सहसचिवमा नगेन्द्र लुम्बा र रुपेश लिम्बु चयन भएका छन् । कार्यसमिति सदस्यमा निशा प्रसाईँ तामाङ, रेवन राई, तीर्थकला राई, कल्पना काङ्रेन र गीता चौधरी निर्वाचित भएका छन् ।