वराहक्षेत्र : बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको अवसरमा वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित प्रसिद्ध तीर्थस्थल वराहक्षेत्र मन्दिरमा सम्पन्न विभिन्न कार्यहरूको समीक्षा तथा आय/व्यय सार्वजनिक गरिएको छ ।

वराहक्षेत्र मन्दिर परिसरमा बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको व्यवस्थापन गरेको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समिति वराहक्षेत्र नगरपालिका वडा नं १ वराहक्षेत्र मन्दिर आइतबार समीक्षा गर्दै आय/व्यय सार्वजनिक गरेको हो ।

गत चैत्र २७ गतेदेखि वैशाख २८ गतेसम्म ३२ दिन आयोजना भएको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको अवसरमा वराहक्षेत्र मन्दिरमा आयोजना भएको धार्मिक गतिविधिको व्यवस्थापन वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समिति वराहक्षेत्र नगरपालिका वडा नं १ वराहक्षेत्र मन्दिरले गरेको थियो ।

३२ दिनसम्म आयोजना भएको मेला व्यवस्थापनबाट ९५ लाख १९ हजार ४९ रुपैयाँ बचत भएको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर श्रेष्ठले बताए ।

समीक्षा तथा आय/व्यय सार्वजनिक कार्यक्रममा वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष रवि श्रेष्ठले प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष श्रेष्ठका अनुसार मेलामा १ करोड ३९ लाख ८५ हजार ५ सय ५६ रुपैयाँ रकम भक्तजनहरूबाट सङ्कलन भएको थियो । जसमा ४४ लाख ६६ हजार ५ सय ७ रुपैयाँ खर्च भएको थियो ।

समितिलाई मेलामा रसिदबाट सहयोग १ करोड ३० लाख ९२ हजार ८ सय ९३ रुपैयाँ प्राप्त भएको थियो । त्यस्तै रसिद भन्दा बढी गुप्त दानबाट ३२ हजार २ सय ४३ रुपैयाँ, दान पेटिकाबाट ३ लाख २६ हजार १ सय १८ रुपैयाँ, वराह पुराण मण्डप भेटिबाट १ लाख ५३ हजार ८८ रुपैयाँ त्यस्तै गुप्त बराह रसिदबाट ३ लाख ३४ हजार ६ सय ९ सय रुपैयाँ, वराह कुण्ड (नोट)बाट ११ हजार २ सय ५५ रुपैयाँ, वराह कुण्ड (सिक्का)बाट १० हजार १ सय र चामल बिक्रीबाट १६ हजार २ सय ५० रुपैयाँ प्राप्त भएको थियो ।

त्यस्तै खर्च गेट निर्माण ३ लाख ३८ हजार ५ सय ९९ रुपैयाँ, टेन्ट १३ हजार ३ सय ७० रुपैयाँ, रङ रोगनमा १ लाख ६८ हजार ७ सय ९३ रुपैयाँ, बिधुत व्यवस्थापनमा १३ हजार ८ सय रुपैयाँ त्यस्तै आवासमा ३६ हजार, स्टेसनरी १४ हजार १ सय २५ रुपैयाँ, यातायात तथा इन्धनमा १ लाख २८ हजार ७ सय ९० रुपैयाँ, खानेपानी व्यवस्थापन २० हजार त्यस्तै नेट खर्च ३ हजार, छपाई तथा ब्यानर निर्माण १ लाख १० हजार ७० रुपैयाँ, सरसफाइमा २ लाख १० हजार २ सय रुपैयाँ, फनिचरमा १ लाख ५४ हजार ८ सय ५५ रुपैयाँ त्यस्तै अतिथि सत्कार एवम् सम्मानमा ५ लाख ४ हजार ७ सय ९ रुपैयाँ, सम्मान पत्र निर्माण ५९ हजार ५ सय रुपैयाँ, स्नान घाट तथा अस्थायी शौचालय निर्माण ३३ हजार, नौमती बाजा ७५ हजार, स्वास्थ्यमा ३२ हजार २ सय १३ रुपैयाँ, साउन्ड सिस्टम १ लाख १२ हजार, साउन्ड सिस्टम अपरेटरमा ३४ हजार, सिसी क्यामेरा खरिद तथा जडान १ लाख ३६ हजार त्यस्तै काउन्टर सञ्चालनमा ५ लाख ३३ हजार रुपैयाँ, भोजन तथा भन्डारामा ३ लाख ६९ हजार १ सय ६२ रुपैयाँ र निर्माणाधीन गुप्त वराहलाई अनुदान सहयोग १२ लाख ६४ हजार ९ सय ९१ रुपैयाँ खर्च भएको थियो ।

बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको अवसरमा वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित प्रसिद्ध तीर्थस्थल वराहक्षेत्र मन्दिरमामा देश विदेशबाट २५ लाख भन्दा बढी भक्तजनहरूको आगमन भएको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समिति वराहक्षेत्रका उपाध्यक्ष राजु घिमिरेले बताए । वराहक्षेत्र मन्दिरमा मेलामा आउने श्रद्धालु भक्तजनहरूको सेवा, सुविधा, व्यवस्थापन तथा सहयोग सङ्कलन वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिले गरेको थियो । प्रसिद्ध युवा पण्डित योगेस भण्डारीको प्रमुख आतिथ्यमा आयोजना भएको उक्त कार्यहरूको आय/व्यय तथा समीक्षा समारोह कार्यक्रममा वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर श्रेष्ठले मेलालाई सफल बनाउन सक्रिय भएर लाग्नु भएका नगरपालिकाको कार्यालय, नगर प्रमुख रमेश कार्की, वडा अध्यक्ष,  सुरक्षा निकाय, स्वयंसेवक, स्वास्थ्यकर्मी तथा कुम्भ मेलाका सर्जक जगदगुरु बालसन्त मोहन शरण महाराजलाई धन्यवाद समेत ज्ञापन गरेका थिए ।