वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा किसान तथा जनप्रतिनिधि बिच कृषि कार्यक्रमको समीक्षा तथा अन्तरक्रिया गोष्ठी गरिएको छ ।

आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र योजनामा समावेश गर्न उद्देश्य सहित नगरपालिकामा रहेका कृषि सहकारीका पदाधिकारी, कृषि समूहका सञ्चालकहरू तथा अगुवा कृषकको सहभागितामा किसान तथा जनप्रतिनिधि बिच कृषि कार्यक्रमको समीक्षा तथा अन्तरक्रिया गोष्ठी गरिएको थियो ।

गोष्ठीमा किसानहरूले कृषिलाई प्राथमिकतामा राखेर बजेट बनाउन र नीति तथा कार्यक्रम निर्माण गर्न आग्रह गरेका थिए । त्यस्तै किसानले समयमै मल, बिउँ, विषादीको प्रयोग, सचेतना, अनुदान, सिचाई, बजारीकरण लगायतको विषयलाई बोलेका थिए ।

गोष्ठीलाई सम्बोधन गर्दै नगर प्रमुख रमेश कार्कीले कृषिलाई प्रामाणिकता राखेर योजना बनाइने बताए । उनले किसानलाई प्रोत्साहन र आत्मनिर्भर बनाउन नगरपालिकाले माथिल्ला सरकारहरूसँग समन्वय र सहकार्य गरेर काम गर्ने बताए । आर्थिक विकास समितिमा संयोजक तथा वडा नं १० का अध्यक्ष तेजबहादुर गुरुङको सभाध्यक्षयतामा आयोजना भएको गोष्ठीमा प्रमुख अतिथि नगर प्रमुख रमेश कार्की रहेका थिए ।

गोष्ठीमा प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल, वडा नं २ का अध्यक्ष होमप्रसाद गौतम, वडा नं ६ का अध्यक्ष उद्धवप्रसाद पोखरेल, वडा नं ७ का अध्यक्ष कपिल आचार्य, वडा नं ८ का अध्यक्ष रोशन खड्का, वडा नं ९ का अध्यक्ष निरञ्जन चन्द्रवंशी मण्डल, वडा नं १० का अध्यक्ष तेजबहादुर गुरुङ ऋ, कृषि विकास शाखाका प्रमुख तुलसा लिम्बू, प्राविधिक नरकुमार राई लगायत जनप्रतिनिधिज्युहरूको सहभागिता रहेको थियो ।