धरान : धरान उपमहानगरपालिकाले बहुसास्कृतिक पार्क बनाउने तयारी गरेको सुकुम्वासी बस्तीको जग्गा हाल वडाध्यक्ष मनप्रसाद लिम्बुले ५ वर्ष अघि ठाडो कागज गरी बिक्री गरेको खुलेको छ ।

धरान–५ तल्लो देउराली सुन्दर बस्तीमा रहेको खोलाको १५ धुर एक पावा जग्गा ३ लाख ५० हजार रुपैयाँमा विक्री गरेको ठाडो कागज सोमवार पीडितले सञ्चारकर्मीहरू माझ देखाएका हुन ।

वडाध्यक्ष लिम्बुले स्थानिय विक्रम मगरलाई २०७६ साल असोज ३ गते खोलाको जग्गा बेचेको उक्त कागजबाट खुलासा भएको हो ।

उनी जग्गा बिक्री वितरण गर्दा तत्कालीन देउराली खानेपानी समितिका अध्यक्ष रहेको स्थानियबासीले बताए ।

स्थानीय मनमाया लिम्बुले खोलाको जग्गा आफै बच्दै हिँड्ने लिम्बुले हाल वडाध्यक्ष भएपछि आफै खोलाको जग्गा सरकारी हुन्छ भन्दै सुकुम्वासी जनता बसेको स्थानमा पार्क बनाउने भन्दै बस्ती उठाउन लगाएको बताइन् ।

वडाध्यक्ष लिम्बु आफै जग्गा बेच्ने अहिले घर बनाउन नमिल्ने भन्दै घर भत्काउन स्थानीय बासीलाई बोलाउन जरुरी नरहेको भन्दै हिँडेको उनले बताइन् । उनका अनुसार वडा अध्यक्षका छोराले समेत जग्गा बेच्न चलखेल गरिरहेका छन् ।

धरान-५ स्थित सुन्दर बस्तीमा २०६४ साल देखि सुकुम्वासी बस्ती बसेको स्थानीयले बताए । सुन्दर बस्तीमा हाल वडाध्यक्षकै पहलमा बहुसाँस्कृतिपार्क बनाउने तयारी गरिएको छ ।

मेयर साम्पाङ वडाध्यक्षको गलत सुझावमा लागेर जनताले दुःखले खरिद गरेको जग्गामा आफूहरूलाई नसोधी पार्क बनाउने तयारी गरेको भन्दै उनीहरूले विरोध गरेका छन् ।

सुन्दर बस्ती उठाउँदा त्यहाँ बसोबास गरिरहेका ४० देखि ४५ घरधुरी सङ्ख्याका सुकुम्वासीहरूको उठीबास हुने उनीहरूले बताएका छन् ।

likhat jagga KapuriNews