धरान : धरान स्थित सिद्धार्थ शिशु सदन स्कुलमा ५०० जना बालबालिकाहरूको बिहीबार निःशुल्क दन्त परीक्षण गरिएको छ ।

दन्त परीक्षण शिविर बिपी प्रतिष्ठान स्थित रोटरी क्लब अफ धरानले फुटहिल्स र इन्टरेक्ट क्लब अफ फुटहिल्स सिद्धार्थ शिशु सदनको सहकार्यमा आयोजनामा गरेको हो ।

क्लबकी अध्यक्ष प्रतिष्ठान फिजियोलोजी विभागकी एडिशनल प्रोफेसर डा. रिता खड्काका अनुसार बालबालिकाहरूमा धेरै चकलेट खाँदा दाँतमा ‘डेन्टल क्यारिज’को समस्या धेरै देखिएको बताइन् । दाँत किराले खाने समस्यालाई मेडिकल भाषामा ‘डेन्टल क्यारिज’ भनिन्छ ।

डेन्टल क्यारिजले दाँत मक्किने लगायता दाँतमा अन्य रोगको समस्या आउन सक्ने जोखिम हुने उनको भनाई छ । तत्काल उपचार आवश्यक बालबालिकालाई बिपी स्थित दन्त अस्पताल रेफर गरिएको उनले बताइन् ।

शिविरमा बिपी प्रतिष्ठान स्थित डेन्टल हस्पिटल पब्लिक हेल्थ डेन्टिष्टीका विभागीय प्रमुख डा.आशिष श्रेष्ठ, डा.सन्तोष कुमारी सहित ६ जना डाक्टर सहित १० जनाको टिमले स्कुलका बालबालिकाहरूको दन्त परीक्षण गरेका थिए ।

शिविरमा अभिभावकहरूलाई पनि बोलाइएको थियो । दन्त परीक्षणपछि उनीहरूलाई छोरा, छोरीको दाँतको अवस्थाका बारेमा जानकारी दिँदै दाँतको हेरविचारका लागि डाक्टरहरूले परामर्श पनि दिएको थिए ।

Rotary Club Dharan 2