वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले चक्रघट्टी बजार क्षेत्र सरसफाइ गरेको छ । "सफा धर्ती स्वस्थ्कर बानी, दिगो सरसफाइ अभिष्यको लगानी" भन्ने नाराका साथ २५ औँ विश्व सरसफाइ दिवसको अवसरमा चक्रघट्टी बजार क्षेत्र सरसफाइ गरिएको हो ।

स्थानीयहरूलाई सरसफाइ सम्बन्धी सचेतना जगाउँदै चक्रघट्टीको नगरपालिका कार्यालय अगाडि, मुनाल चौक, रेल्वेलाइन, महेन्द्रगेट क्षेत्रमा सरसफाइ गरिएको नगर प्रमुख रमेश कार्कीले बताए । वराहक्षेत्रलाई सुन्दर, सफा बनाउने नगरपालिको अभियानको रूपमा साप्ताहिक रूपमा सरसफाइ समेत गर्दै आएको र यसलाई थप सफल बनाउन विश्व सरसफाइ दिवसको अवसरमा शुक्रवार सरसफाइ गरिएको उनले बताए ।

नगर प्रमुख रमेश कार्की संयोजकत्वमा भएको सरसफाइ कार्यक्रममा उप-प्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल लगायत जनप्रतिनिधिहरू, कर्मचारीहरू, विभिन्न सङ्घ/संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Sarsafai Diwas Barachetra News 2