वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले शुक्रवार कालाबञ्जर बजारमा अनुगमन गरेको छ । उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि बजार अनुगमन गर्ने योजना अनुसार नगरपालिकाको अनुगमन टोलीले कालाबञ्जर बजारका पसलहरू अनुगमन गरेको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए ।

अनुगमनको क्रममा बजारमा रहेको पसलहरूबाट म्याद नाघेका खाद्य सामाग्री, बढी मात्रामा चिसो पदार्थहरू, बिस्कुट फेला पारेर नष्ट गरिएको आर्थिक विकास शाखाका प्रमुख तिवारीले बताए । बिशेषगरि किराना पस, होटेल, मासु पसल, भेटनरी पसलमा म्याद नाघेको सामाग्री फेला परेको पसल, सरसफाइ, मूल्य, दर्ता प्रक्रिया नगरी सञ्चालन भएका पसलमा अनुगमन गरिएको थियो ।

बजारबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, मूल्यको एकरूपता, कानुनी प्रमाणहरू लगायतका विषयमा अनुगमन टोलीलाई सक्रिय बनाइएको अनुगमन गरिएको अनुगमन समितिकी संयोजक नगर उप-प्रमुख नन्दकुमारी सुनुवारले बताइन् ।

उपभोक्ताको हित विपरीत सञ्चालन भएका पसलहरूलाई नियमको पालना, म्याद नाघेका सामाग्री राख्ने व्यापारीहरूलाई जरिवाना, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलाको अनुगमन गरिएको थियो ।

नगर उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीमा, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल, आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी, नगरपालिका पशु विकास शाखाका प्राविधिक मेगराज बस्नेत, उद्योग वाणिज्य सङ्घ वराहक्षेत्रका कोषाध्यक्ष तुलसी श्रेष्ठ, नेपाल प्रहरी, नगर प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

Kalabanjaar 2