धनकुटा : नेकपा एमाले जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका प्रेस चौतारी धनकुटाका अध्यक्ष रबिन कटेल ले एमाले धनकुटाको प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी प्राप्त गरेका छन् ।

एमाले धनकुटा जिल्ला कमिटीको बैठकले कटेललाई प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी प्रदान गरेको हो ।

विगत १५ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका कटेल गत जेठ १४ गते सम्पन्न एमाले धनकुटाको ८औँ जिल्ला अधिवेशनमा खुला कोटाबाट जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका थिए । सक्रिय पत्रकारिताबाट विश्राम लिँदै राजनीतिमा अघि बढेका कटेललाई पार्टीले विभागीय प्रमुखको जिम्मेवारी सुम्पिएको हो ।

संगालोखबर अनलाइन मिडियाका सञ्चालकसमेत रहेका कटेल यसअघि सम्पादकीय भूमिकामा पनि थिए ।