सङ्खुवासभा : सङ्खुवासभाको चिचिला गाउँपालिका-२ आले स्थितमा चट्याङले लागेर १ जना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ४१ बर्षीया साबित्रा गुरुङ रहेकी छन् । हिजो राती ९ बजे खाना खाएर आगो तापिरहेको अवस्थामा पानी सँगै परेको चट्याङले लाग्दा उनको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जानकारी दिएको छ ।
घटना स्थलमा प्रहरी अधिकृत सहितको टोली खटी आवश्यक कानुनी प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको  छ ।