धरान : प्रहरीले वराहक्षेत्र-३ बाङ्गे बजार बसपार्कबाट लागुऔषध ब्राउनसुगर सहित आज बिहीबार बिहान ४ जना युवालाई पक्राउ गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार पक्राउ पर्नेमा स्थानीय २४ वर्षीय दिवस भण्डारी, ४० वर्षीय अनिल राई, २४ वर्षीय सङ्गम राई र कानेपोखरी-२ मोरङका २६ वर्षीय देवेन्द्र बुढाथोकी छन् ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोलीले बसपार्कमा शङ्कास्पद अवस्था भेटिएका उनीहरूको चेकजाँच गर्दा ४५ ग्राम ब्राउनसुगर बरामद गरेको हो । बिहान साढे ९ बजेको समयमा पक्राउ परेका उनीहरूका बारेमा थप अनुसन्धान भइरहेको छ ।