धरान : ताप्लेजुङमा बाढीमा परेर एकै परिवारका ४ जनाको मृत्यु भएको छ । 

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका उपाध्यक्ष रबिन साम्राका बुवा, आमा र २ जना बहिनीहरू गरी जम्मा ४ जनाको गए राती बाढीमा परेर दुःखद निधन भएको हो ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-२ खेजेनीमा गए राति  पहिरो गएको हो ।

पहिरोमा परेर गाँउपालीका उपाध्यक्षका बुबा ७० वर्षीय राम बहादुर साम्रा, ५० वर्षीय आमा जसमाया साम्रा, ९ बर्षिया जुम्ल्याहा दिदी बहिनी गङ्गा र जमुना साम्रा रहेको प्रहरीले जानकारी दिएको छ ।

मृतकहरू सोही गाउँपालिकाका उपाध्यक्ष रबिन साम्राका आमा बुवा र बहिनीहरू रहेको ताप्लेजुङका डिएसपी रवि रावलले जानकारी दिए ।

pahiro-taplejung