झापा : झापाको शिवसताक्षी नगरपालिका वडा नं ३ भोटेपुलमा आज बिहान एकै घरका दुई बालक सहित तीनजना मृत फेला परेका छन् ।

सुजन बेस्राकी श्रीमती २५ वर्षीय अन्जली बेस्रा, उनका छोराहरू ९ वर्षका विशाल बेस्रा र ३० महिनाका आयुष बेस्रा मृत फेला परेका हुन् ।

अन्जली झुन्डिएको अवस्थामा फेला परेकी छन् । आफ्ना दुई छोरालाई विष सेवन गराई हत्या गरेपछि उनले आत्महत्या गरेको हुनसक्ने आशङ्का गरिएको छ ।

प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । अन्जलीका श्रीमान सुजन बेस्रा वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।