इटहरी : भिभो मोबाइलको V-27 सिरिज गाईघाटमा सार्वजनिक भएको छ । पुर्वको बलियो मोबाइल बजारमा मानिएको गाईघाटमा V-27 सिरिज सार्वजनिक भएको हो ।

बजार प्रवन्धक दिपक अधिकारीका अनुसार बेल्टार, गाईघाट, रामपुर र राजबिराज एरियाको लागि V-27 सिरिज सार्वजनिक गरिएको हो । ४६०० एमएच ब्याट्री र ६६ वाट फ्ल्यास चार्ज रहेका V27(5G) र V27(e) दुई मोडेल बजारमा आएको उनले जानकारी दिए ।

V-27 सिरिजमा फोटो/ भिडियोको लागि वातावरण अनुसारको लाइटिङ्ग मिलाउने गरी औरा लाइट प्रोटेक्ट सिस्टम रहेको उनले बताए । नयाँ विशेषता सहित उच्च गुणस्तरको क्यामेरा फोन सार्वजनिक भएको हो । फोटोग्राफी तथा भ्लगरहरुको लागि भिडियो बनाउन सहज हुने एप्लिकेसन समेटिएको छ । हाल V27(5G)  लाई ५८९९९ र V27(e) लाई ४१९९९ बजार मूल्य राखिएको छ ।

भिभोका गाईघाट स्थित थोक बिक्रेता सुनिल ठाकुर भिभो मोबाइलमा कुनैपनि गुनासो नआउने गरेको बताए । सामान्यता प्रयोगकर्ताको कारण डिस्प्लेमा समस्या आउने गरेको र सर्भिस सेन्टर मार्फत बेलैमा सेवा पाउने गरिएको उनको अनुभव छ । समयअनुसार परिस्कृत बन्दै गएको भिभोले क्रेता र बिक्रेता सबैको ध्यान तान्न सकिने ठाकुरको बुझाई छ ।