धरान : मितेरी डेभलर्पस एण्ड सप्लायर्स प्रालीले धरानमा ग्यारो ब्रान्डको डीटी ६० स्कुटर बिक्री वितरण सुरु गरेको छ । आइतबार स्कुटर सार्वजनिक गर्दै कम्पनीले विक्री सुरु भएको जनाएको हो ।

ग्यारो ब्रान्डको नेपालको आधिकारिक विक्रेता क्लासीक ह्वील इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालि हो जसले नेपालमा इटालियन क्रसफायर मोटरसाइकल बिक्री गर्दै आएको छ । ग्यारो ईलेक्ट्रोनिक स्कुटर आधिकारिक धरान विक्री शाखा मितेरी डेभ्लोपर्स एण्ड सप्लायर्स प्राली रहेको छ । सप्लायर्सको शोरुमा धरान-८ धनकुटे रोडमा छ ।

ग्यारो स्कुटरको कम्पनी मूल्य ३ लाख ७५ हजार रुपैयाँ निर्धारण गरिएपनि धरानमा उक्त मूल्यमा १० हजार रुपैयाँ छुट दिँदै ३ लाख ६५ हजारमा बिक्री सुरु गरिएको क्लासिक व्हिलका मार्केटिङ हेड अनुराग बमले बताए ।

मार्केटिङ हेड बमले एक पटकको फुल चार्जमा ३५० किलोमिटरसम्म रेन्ज दिने इलेक्ट्रिक स्कुटर ग्यारो डीटी ६० मा ४८ भोल्ट १८० एम्पीयर आवर किलोवाटको लिथियम आयोन ब्याट्री उपलब्ध रहेको बताए ।

स्कुटरमा तीन राइड मोड उपलब्ध छ । इको मोडमा ३५० किलोमिटर, ड्राइभिङ मोडमा २८० किलोमिटर र स्पोर्टस् मोडमा २०० किलोमिटरसम्म रेन्ज दिने स्कुटर उपलब्ध हुने जनाइएको छ ।

स्कुटरमा ४ हजार वाटको पीक पावर क्षमताको मोटर उपलब्ध छ । यसको टप स्पिड ६८ किलोमिटर प्रतिघण्टाको छ ।

क्लासिक ह्वील कम्पनीले गारो डीटी-६० मा नेपालको अटोमोटिभ ल्याण्डस्केप अनुसार परिमार्जित गरी ग्राउन्ड ब्रेकिंग गारो इभी बजारमा ल्याएको हो । १० वर्षअघि स्थापना भएको कम्पनीले निरन्तर क्रसफायर, इटालिकामोटो, ब्रिटिस एस, एसरबिस र टिम्सन जस्ता प्रसिद्ध ब्रान्डहरू नेपाल भित्राउँदै आएको छ ।

ग्यारो स्कुटरको तौल १ सय २० केजी छ । खरिदकर्ताहरूका लागि फाइनास सुविधा पनि हुने जनाइएको छ ।