धरान : समर्पण अभियानले गुलाफको फूल बेचेको पैसाले वराहक्षेत्र-१ चियावारीको सिंहदेवी आधारभूत विद्यालयका १९ जना विद्यार्थीहरूलाई किताब बोक्ने झोला र स्टेशनरी वितरण गरेको छ ।
समर्पणका अध्यक्ष सुनेश भण्डारीले आइतबार उक्त सामाग्री प्रेम दिवसमा भानुचोक,महेन्द्र, क्याम्पस र युएन कलेज, धरान आदर्शका विद्यार्थीहरूलाई गुलाफको फुल बेचेर आएको नाफाबाट जुटाएको बताए ।
आउँदो प्रेम दिवसमा पनि सामुदायिक स्कुलका गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई सहयोगको कार्यक्रम  निरन्तरता दिइने उनले प्रतिबद्धता जनाएका छन् । संस्थाले अघिल्लो वर्ष धरान-२० स्थित उदय आधारभूत विद्यालयमा स्टेशनरी सामाग्री वितरण गरेको थियो ।
samarpan-School-BAG