धरान : दार्जिलिङको न्यु जलपाइगुढी नजिक आज सोमवार दिउँसो एक रेल गाडीलाई अर्कोले ठक्कर दिँदा यो समाचार लेख्दा सम्म १५ जनाको मृत्यु भएको छ । घाइतेको सङ्ख्या २० बाट बढेर ६० पुगेको बीबीसीले जनाएको छ ।
कञ्चनजङ्घा एक्सप्रेस रेलगाडि सँग अर्को मालगाडी जुध्दा ठुलो दुर्घटना भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ । दार्जिलिङका अतिरिक्त प्रहरी एसपी रायले मिडियालाई भने कञ्जनजंघा एक्सप्रेस रोकिराखेको थियो, उसको पछाडिबाट मालगाडीले ठक्कर दिएको हो।’
घट्न लगत्तै रेल मन्त्री अश्विनी वैष्णव दार्जिलिङ रवाना भएका छन् । उनले युद्ध स्तरमा बचाउ र राहत कार्य जारी रहेको बताए ।
पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले सामाजिक सञ्जाल एक्समा लेखेकी छन् ‘दार्जिलिङको फासीवद इलाकामा कञ्चनजङ्घा एक्सप्रेसलाई एक मालगाडीले ठक्कर दिएको छ । राहत बचाउ कार्यका लागि आपत्कालीन दल घटनास्थलमा पुगेको छ र युद्ध स्तरमा कारवाई सुरु गरिएको छ ।’
rail-accident