धरान : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले धरानमा रक्तदान गर्दै दोस्रो स्थापना दिवस मनाएको छ । सोमवार आयोजित रक्तदानबाट ४१ पिन्ट रगत सङ्कलन भएको पार्टीले जनाएको छ ।

भानुचोकमा भएको खुल्ला रक्तदान कार्यक्रम रास्वपा धरान उपमहानगर समितिको आयोजन र जिल्ला समितिको संयोजनमा भएको बताइएको छ । रक्तदानको संयोजक अरमान अली थिए ।

स्थापना दिवसकै अवसरमा असार १ गते धरानका ५ ठाउँमा सरसफाइ कार्यक्रम पनि गरिएको छ । आउँदो असार ८ गते वडा १५ को अधिवेशनका साथै पार्टीले अन्तरक्रिया लगायत कार्यक्रम गर्ने रास्वपा धरानका अध्यक्ष सुमन श्रेष्ठले बताए ।

रक्तदानमा पार्टीका प्रदेश उपसभापति सरिन तामाङ, कार्यवाहक महामन्त्री तथा प्रवक्ता कमलबाबु मैनाली, जिल्ला सभापति जीवनकुमार श्रेष्ठको उपस्थिति थियो ।

Raspawa Raktadaan 081-03-04 2