झापा : झापाको दमकमा रतुवा नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

आज बिहान करिब सवा ७ बजेतिर रतुवा नदी तर्ने क्रममा दमक १ का ५३ वर्षीय मोहन रमदामलाई रतुवा नदीले बगाएको थियो । नदीले बगाउँदै गरेको देखेपछि स्थानीय युवाले उनलाई नदीबाट उद्धार गरेर नदी किनारमा निकाल्ने बित्तिकै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।

मृतकको शव कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको दमक प्रहरीले जनाएको छ । झापामा केही दिन यतादेखि निरन्तर वर्षा भइरहेको छ । जसका कारण नदीहरूमा जलस्तर बढेको र नदी किनारमा अनावश्यक रूपमा नजान पनि प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।