धरान : हिन्दी सङ्गीतकी प्रसिद्ध गायिका अल्का याग्निक कानै नसुन्ने बहिरापनको सिकार भएको खबर बिबिसीले दिएको छ ।

उनले इन्स्टाग्राममा कानले सुन्ने शक्ति गुमाएको बताएकी छिन् । केही हप्ता पहिले विमानबाट ओर्लँदा उनलाई अचानक कानले केही सुन्न छोडेको अनुभव भएको थियो ।

उनले भनेकी छिन्, ‘जाँचपछि डाक्टरहरूले ‘सेन्सरी न्युरल हियरिङ लश’ अर्थात् सुन्न बन्द भएको बताए ।’ भाइरस आक्रणको दुर्लभ लक्षणबाट भोग्नु परेको अप्रत्याशित पिडालाई बिस्तारै स्वीकार गरिरहेको उनले बताएकी छन् ।