धरान : सुनसरी उद्योग वाणिज्य सङ्घ धरान र नेपाल सुनचाँदी कला व्यवसायी सङ्घले धरानका व्यवासीहरुलई बिहीबार कर तथा लेखा सम्बन्धी आधारभूत अनुशिक्षण कार्यक्रम गरेको छ ।

आर्थिक ऐन २०७९ अनुसार कर तथा लेखा सम्बन्धी छुट सुविधा र सहुलियत सम्बन्धी कर तथा लेखाको बारेमा आधारभूत शिक्षा सिए पङ्कज आचार्यले प्रशिक्षण दिएका थिए ।

कर र कानुन सम्बन्धी सामान्य जानकारीको अभावमा कुनै पनि करदाता थप कर शुल्क ब्याज जरिवानामा पर्नु नपरोस् भन्ने अभिप्रायले अनुशिक्षण गरिएको हो ।

कर कानुनसम्बन्धी आधारभूत जानकारी आय व्यय विवरण प्रकार र दाखिला गर्ने आयकर ,भुक्तानी, करकट्टी सम्बन्धी जानकारी व्यवसायीहरूलाई दिएको छ । अनुशिक्षणमा धरानका १ सय जना सुनचाँदी तथा कला व्यवसायीहरू सहभागी थिए ।

कार्यक्रम उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठको सभापतित्वमा भएको थियो ।

sunchadi-Training-KapuriNew