धरान : वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई धरानमा फिनिलीटि फाउन्डेशन र महिला क्यानको आयोजनामा २ दिने वित्तीय साक्षरता तालिम आज बिहीबार सुरु भएको छ ।

धरान-१२ होटेल पूर्वी स्टारमा सञ्चालित तालिममा वैदेशिक रोजगारमा गएर आएका उद्यमी महिला तथा युवाहरू ७० जना सहभागी रहेको संयोजक गौरव थापाले बताए ।

ओमन क्यानका फाउन्डर सुष्मा शर्माले बैङ्किङ एवं वित्तीय क्षेत्रका विभिन्न सेवा सुविधाहरू र वित्तीय समस्या र समाधानको सहभागीहरूलाई प्रशिक्षण दिदैं छिन ।

कार्यक्रम इलाम, विराटनगर, इटहरी भइसकेको छ । चाँडै ग्रामीण क्षेत्र उदयपुरमा तालिम सञ्चालन हुने बताइएको छ ।

प्रशिक्षक शर्माले भनिन ‘केही गरौँ भन्ने सोच छ तर कसरी सुरुवात गर्ने भन्ने थाहा नभएकाहरूलाई चेतना दिइएको हो ।’ उनले प्राक्टीकल ज्ञान हासिल गर्न ग्रामीण क्षेत्रमा पुग्नु पर्ने र गाउँको सुधार भएपछि मात्र सहर सुध्रने बताइन । कार्यक्रमलाई नविल बैङ्कले सहयोग गरेको छ।