इटहरी : विद्यार्थीलाई बिरामी वा समस्यामा परेका व्यक्तिलाई रगत दिनु परेमा रक्तदान गर्नुपर्छ भन्ने ज्ञान दिन बुधवार इटहरी-१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयले रक्तदान गरेको छ ।

नेपाल स्काउटको ७३ औँ स्थापना दिवसमा गरिएको रक्तदान स्वास्थ्य व्यक्तिले रक्तदान गर्दा बिरामी व्यक्तिले नयाँ जीवन पाउने प्रधानाध्यापक सरणकुमार बस्नेतले बताए । उनका अनुसार रक्तदान कार्यक्रमबाट कुल ५० पिन्छ रगत सङ्कलन भएको छ ।

सिभिल इन्जिनियरिङकी छात्रा डम्बरकुमारी कटवालले शरीरमा पुरानो रगत क्षय हुने प्रक्रिया नियमित रूपमा हुने र खेर जाने रगत नियमित रूपमा रक्तदान गर्नुपर्ने विद्यार्थीलाई ज्ञान प्राप्त भएको बताइन् ।

रक्तस्रावका बिरामी, प्रसूति, मुटु मस्तिष्कलगायतका शल्यक्रिया तथा दुर्घटनामा परेका बिरामीलाई बचाउनका निम्ति अनिवार्य रगत चाहिन्छ । वर्षातको समयमा विभिन्न विपत्ति सिर्जना हुने र थुप्रै व्यक्ति बिरामी पर्ने गरेकाले पनि विद्यालयले मानवीय सेवा भावले रक्तदान कार्यक्रम गरिएको हो ।

कार्यक्रम विद्यालयको स्काउट ट्रुप, जुनियर रेडक्रस सर्कल, इटहरी यूथ ओपन क्रयूको संयुक्त आयोजनामा भएको थियो । वडा १ का अध्यक्ष कैलाश कार्कीको प्रमुख अतिथि थिए । प्रधानाध्यापक बस्नेतको सभापतित्व गरेका थिए ।