धरान : सरस्वती बाल आश्रमका २५ बालबालिकाहरूलाई खाना खुवाउँदै नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले आज शुक्रवार स्थापना दिवस मनाएको छ ।

सङ्गठनको ४५औँ स्थापना दिवसको अवसरमा केन्द्रीय अध्यक्ष भीम ज्वाला राई सहितका नेताहरूको उपस्थितिमा धरान उपमहानगर कमिटीले धरान-३ स्थित आश्रममा उनीहरूलाई खाना सहित फलफूल वितरण गरेको हो ।

केन्द्रीय सदस्य लक्ष्मी बानियाँ, कोसी प्रदेश सदस्य दुर्गा खतिवडा, जिफन्ट धरान अध्यक्ष शमसेर बर्देवा, धरान अध्यक्ष किरण थापा, सदस्यहरू कुविर श्रेष्ठ, लेखराज थापा, चेतराज दाहाल र सल्लाहकार उमेश कुँवर आश्रममा सहभागी थिए ।

आश्रमका महासचिव हरि खड्गीले खानाको प्रबन्ध गरिदिएकोमा सङ्गठन परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए ।

सङ्गठनले असार ९ गते भानुचोकमा रक्तदान, मजदुरहरूको स्वास्थ्य परीक्षण, ८ गते पानीपिया सङ्गठनको स्तम्भ स्थल, बसपार्क सरसफाइ कार्यक्रम राखेको छ । सङ्गठन असार ९ गते ४५ वर्ष पुरा गर्दै ४६ वर्ष प्रवेश गर्दैछ ।