इटहरी : इक्विटी डेभलपर्स प्रालीले  दैनिक खर्चलाई सम्पत्तिमा रूपान्तरण गर्ने उद्देश्यले नयाँ योजना सार्वजनिक गरेको छ । शनिवार विराटनगरको बिग होटेलमा इक्विटीले साना बचतबाट सम्पत्ति जोड्न सकिने योजना सार्वजनिक गरेको हो ।

महिनामा २० हजार आम्दानी गरिरहेको व्यक्तिले समेत घर खर्च कटाएर जग्गा जोड्न सक्ने स्किम इक्विटीले ल्याएको छ । मोरङको सुन्दरहरैचा, कानेपोखरी र ग्रामथानमा आकर्षक प्लटहरू व्यवस्थापन गरेको इक्विटीले जग्गा बुकिङ गरेपछि पास गर्न नसक्नेको लागि विशेष व्यवस्था मिलाएको बताएको हो ।

बुकिङ गरेपछि तीन महिनाभित्र लिखित जानकारी गराएको अवस्थामा, प्रत्येक महिनामा चार वटा बुकिङ रकम फिर्ता गरिने योजनामा उल्लेख छ ।

कुनै पनि सेवाग्राहीको पास खर्च नलाग्ने र कसैले तीन वर्षमा जग्गा बिक्री गर्न चाहेमा पहिलेकै मूल्यमा जग्गा इक्विटीले जग्गा फिर्ता गरिदिने कम्पनीका प्रबन्ध निर्देशक पर्वत दाहालले बताए ।

उनका अनुसार जग्गा खरिद गर्दा सुरुमा ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने र बाँकी ६० प्रतिशतको लागि कम्पनीले बैङ्कसँग सहकार्यको वातावरण मिलाउँछ । कम्पनीबाट जग्गा खरिद गर्नेको लागि सम्पूर्ण बैङ्किङ डकुमेन्टको जिम्मा कम्पनीले लिने उनले प्रष्ट पारे ।

सामान्य निम्न तथा निम्न मध्यम वर्गका नागरिकको लागि अचल सम्पत्ति जोड्ने अवसरको रूपमा इक्विटीले कार्यक्रम ल्याएको दाहालले जानकारी दिए ।

मूल्यको २ प्रतिशत मात्रै भुक्तानी गरेर पनि बुकिङ गर्न सकिने बताउँदै उनले घरैबाट सम्पूर्ण कारोबार गर्न सक्ने गरी व्यवस्थापन मिलाइएको बताए ।

land-developers-2