धरान : जिब्रोको क्यान्सरबाट पीडित विशाल मग्राती सार्कीले उपचारको लागि आर्थिक अभाव भएकोले सहृदयी दाताहरूमा सहयोगको अपिल गरेका छन् । 

पीडित मग्रातीको जिब्रोमा क्यान्सर भएको गत वर्ष पत्ता लागेको थियो । विपी प्रतिष्ठानमा उपचार भइरहेको एक हप्तापछि शल्यक्रिया हुने भएको छ । पहिलो स्टेजको जिब्रो क्यान्सर भएकाले उपचार खर्च ४ देखि ५ लाख लाग्ने मग्रातीले बताए ।

उनी धरान–८ मा डेरा भाडामा बस्दै भानुचोकको घण्टाघरमा चप्पल जुत्ता सिलाई मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका छन् । आइतबार पत्रकार सम्मेलन आयोजना गर्दे उनले उपचार औषधीका लागि खर्च नभएकोले सहयोगको अपिल गरेका हुन ।

उनलाई सहयोग गर्नु चाहनु हुने महानुभावका लागि फोन  सम्पर्क नम्बर ९८१०५५९१०४मा सम्पर्क गरी विशाल मग्राती सार्कीको एनएनबि बैङ्क धरान शाखा खाता नम्बर १०९०५०८००७२९३९ मा सहयोग रकम दान गर्न सकिने छ ।